देउखुरीमा ट्रकको ठक्करबाट एक महिला गम्भीर घाइते

 

 

दाङ – देउखुरीमा ट्रकको ठक्करबाट एकजना महिला गम्भीर घाइते भएकी छिन । घाइते हुनेमा राजपुर गाउँपालिका – ७ सुनपत्थरी नाका निवासी ३२ वर्षिय रामकली बोहरा रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

घाइते बोहरालाई शुक्रबार दिउँसो १ः३० बजे लमहीबाट पश्चिम तर्फ जाँदै गरेको सु.प.प्र ०१००१ ख २८५२ नम्बरको ट्रकले लमही नगरपालिका – ८ सतवरियामा ठक्कर दिएको थियो । बोहरा मुखका साथै दुवै हातखुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफु चडेको बसबाट झरेर पसलमा सामान लिन जाने क्रममा ट्रकले ठक्कर दिएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइते महिलालाई लमही अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ ।

तपाईको प्रतिक्रिया