दाङमा ट्रक दुर्घटना हुँदा दुईजना घाइते

दाङ – दाङमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

 

जिल्लाको कृष्णसेन इच्छुक मार्गअन्तर्गत लमही–घोराही सडकखण्डको मसोट उकालोमा शनिबार दिउँसो करिब १२ बजेतिर ना ४ ख ८४८७ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाइते भएका हुन्।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ को भैंसी बगाउने खोलानजिक घोराहीतर्फ जाँदै गरेको ट्रक उकालोमा टायर पन्चर भइ रोक्ने क्रममा ब्रेक नलागेपछि सडकबाट ५० मिटर तल खोल्सामा खसेको छ।

ट्रकका चालक र सहचालक हाम फालेका थिए। ट्रकमा सवार लमही नगरपालिका २ बस्ने वर्ष १८ की रविना चौधरी र सोही ठाउँ निवासी वर्ष १६ की करुणा चौधरी घाइते छन्।

घाइते दुवैलाई उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया