क्यूवाली जनताको संघर्ष प्रति नेपालबाट एक्यबद्धता

देउखुरी । विश्व ट्रेड यूनियन महासंघ समन्वय समिति नेपालले क्यूबाली जनताको न्यायपूर्ण संघर्ष प्रति एक्यबद्धता जनाएको छ ।

 

महासंघका अध्यक्ष प्रेमकुमार खनाल र महासचिव लोकराज भुसालले एक प्रेस विज्ञप्ती जारी गर्दै भौतीक रुपमा क्यूवाली जनताबाट टाढा रहेपनि मानसिक, नैतिक एवम् बैचारिक रुपमा सधैं न्यायपूर्ण संघर्षको पक्षमा रहेको भन्दै एक्यबद्धता जनाउनु भएको हो ।

क्यूवाली जनताप्रति दमन, धरपकड, हस्तक्षेप भइरहेको प्रति ध्यानाकर्षण गराइएको छ । सबै प्रकृतिका साम्राज्यवादी हस्तक्षेप, धरपकड, ज्यादती बन्द गर्न र विनासर्त क्यूवाली न्यायपूर्ण आन्दोलनका संघर्षशिल योद्धाहरुलाई सम्मानजनक रिहाइको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया