
दशरथ घिमिरे
देउखुरी । लमही निवासी पुजा शर्मा धेरै पटक बिरामी कुरुवा भएर अस्पताल बस्नु भएको छ । रगत अभाव हुदा हुने छट्पट्टी राम्रो संग थाहा छ । त्यसैले उहाँले रगतको अभाव कसैलाई नपरोस भन्ने कामना सहित पहिलो पटक रक्तदान गर्नु भयो ।‘अस्पताल बस्दा मलाई थाहा भयो रगतको महत्व । समय मिलेसम्म नीयमित रक्तदान गर्छु’शर्माले भन्नुभयो,‘स्वस्थ व्यक्ति सबैले रक्तदान गरे, आपत विपद् परेका वेला सबैलाई राहत हुने थियो ।’
सुमन पौडेलले पहिलो पटक बुवा बिरामी हुदा रक्तदान गर्नु भयो । त्यो २०५८ साल बैशाख २० गतेको कुरा थियो । त्यसपछी सुमनले नीयमित रक्तदान गर्न थाल्नु भयो । एक पटक त सुत्केरी आमालाई बचाउन उहाँ घोराही सम्म रक्तदान गर्न पुग्नु भएको छ ।‘सुत्केरी आमाको ज्यान खतरामा छ भन्ने खबर आएपछी म घोराही अस्पतालमै पुगे’उहाँले विगतको अनुभव सुनाउदै भन्नुभयो,‘रक्तदान गर्ने नशानै लाग्यो । तीन महिना पुगेपछी मेरो शरिर आफै उकुस मुकुस हुन्छ । रक्तदान गरेरपछी आनन्द मिल्छ ।’ अहिले सम्म सुमनले ५५ पटक रक्तदान गरिसक्नु भएको छ । सुमनलाई रक्तसञ्चार केन्द्रमै पुगेर धेरै पटक रक्तदान गरेको भन्दै पटकपटक सम्मान पनि गरिएको छ ।
दाङ जिल्लामा सुमन नीयमित रक्तदान गर्ने दाता मध्य पर्नु हुन्छ । यसका साथै पुजा नयाँ रक्तदाताको रुपमा हुनुहुन्छ । नीयमित रक्तदाताको तुलनामा नयाँ रक्तदाताको संख्या भने निकै कम देखिएको छ । जिल्लाको तीन वटा स्थानमा रक्तसञ्चार केन्द्र अर्थाथ ब्लड बैंक छन् । ति तीन वटै रक्तसञ्चार केन्द्रको तथ्यांक हेर्ने हो भने जिल्लामा ४ सय २१ नयाँ रक्तदाता थपिएका छन् । गत आर्थिक बर्ष २०७९÷०८० मा पुरुष तीन सय ३८ र महिला जम्मा ८३ जना मात्रै थपिएका छन् । पुरुषको तुलनामा महिला रक्तदाताको संख्या निकै कम छ । नयाँ रक्तदाता बढाउन अझैं सचेतना र रक्तदान अभियानलाई व्यापक बनाउन आवश्यक रहेको रक्त सञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानले बताउनु भयो ।
घोराही रक्तसञ्चार केन्द्रमा दुई सय नयाँ रक्तदाता थपिएका छन् भने लमहीमा ४९, तुलसीपुरमा एक सय ७२ जना छन् । घोराहीमा पुरुष १६७, महिला ३३ छन् । लमहीमा पुरुष ४४ र महिला ५ जना, तुलसीपुरमा पुरुष १२७, महिला ४५ जना छन् । नयाँ रक्तदातालाई रक्तदानमा आकर्षीत गर्न सचेतना अभियान सञ्चालन गर्न आवश्यक रहेको रोटरी क्लव अफ लमहीका अध्यक्ष केशव घिमिरेले बताउनु भयो । ‘नीयमित रक्तदाताको तुलनामा नयाँ रक्तदाताको संख्या निकै कम छ । नयाँ रक्तदाता थप्न विद्यालय तहमा रक्तदान र सचेतना अभियान चलाउन जरुरी छ’उहाँले भन्नुभयो,‘विद्यालयहरुमा कार्यक्रम केन्द्रित गर्ने हो भने नयाँ रक्तदाता थप्न सकिन्थ्यो ।’ जिल्लामा नीयमित रक्तदान गर्ने संख्या चार हलार ९ सय ६८ जना छन् । जसमा पुरुष चार हजार एक सय ८६ र महिला सात सय ८२ मात्रै छन् । घोराही रक्तसञ्चार केन्द्रमा नीयमित रक्तदान गर्नेहरु दुई हजार ९ सय २५ छन् । जसमा पुरुष दुइ हजार चार सय ८८ र महिला जम्मा चार सय ३७ छन् । लमहीमा नियमित रक्तदान गर्ने आठ सय ६ जना छन् । जसमा पुरुया छ सय ९५, महिला जम्मा एक सय ११ छन् । तुलसीपुरमा नियमित रक्तदान गर्नेको संख्या एक हजार दुई सय ३७ जना छन् । जसमा पुरुष एक हजार तीन, महिला जम्मा दुई सय ३४ जना छन् ।

उमेर समुहको आधारमा हेर्ने हो भने १८ देखी ३० बर्ष समुहका रक्तदाता धेरै रहेका छन् । जिल्लामा तीन हजार एक सय ३६ जना यो उमेर समुह भित्र पर्ने रक्तदाता हुन । जसमा पुरुया दुई हजार ५ सय ३१ र महिला जम्मा छ सय पाँच जना छन् । घोराहीमा रक्तसञ्चार केन्द्र अन्तरगत एक हजार आठ सय ३० जना छन् । जसमा पुरुष एक हजार पाँच सय छ र महिला तीन सय २४ जना छन् । लमहीमा चार सय ६७, पुरुष ३८४, महिला ८३, तुलसीपुरमा जम्मा ८३९ रक्तदाताले रक्तदान गरेका छन् । जस मध्य पुरुष ६४१ र महिला १९८ छन् । ५१ देखी ६० बर्ष उमेर समुहका १०९ जना रक्तदान गरेका छन् । जस मध्य पुरुष ९५ र महिला १४ जना छन् ।
महिला रक्तदाताको संख्या ज्यादै न्यून भएपनि रगत चढाउनुपर्ने बिरामीको संख्यामा महिला धेरै रहेका छन् । रक्त सञ्चार केन्द्रले उपलब्ध गराएको तथ्यांकको आधारमा गत बर्ष जिल्लामा ५ हजार ६ सय ४४ पोइन्ट रगत वितरण गरिएको छ । जस मध्य सबैभन्दा धेरै ३ हजार ५ सय ५ पोइन्ट रगत महिला बिरामीलाई चढाइएको छ । पुरुषलाई दुई हजार एक सय ३९ पोइन्ट रगत चढाइएको छ । घोराही रक्तसञ्चार केन्द्रबाट तीन हजार ४ सय १० जना पोइन्ट रगत वितरण भएको छ । महिलालाई दुई हजार दुई सय ५८ र पुरुषलाई एक हजार एक सय ५२ पोइन्ट रगत वितरण भएको छ । लमही रक्तसञ्चार केन्द्रबाट ७ सय ५५ पोइन्ट रगत वितरण भएको छ । जसमा चार सय एक महिला र तीन सय ५४ पोइन्ट रगत पुरुषलाई वितरण गरिएको छ । तुलसीपुर सक्तसञ्चार केन्द्रले एक हजार चार सय ७९ पोइन्ट रगत वितरण गरिएको छ । जस मध्य ८ सय ४६ पोइन्ट रगत महिलालाई र ६ सय ३३ पोइन्ट रगत पुरुषलाई वितरण गरिएको छ ।
खुला रक्तदान गरेर मनाईयो दिवस
५७ औं रक्त सञ्चार सेवा दिवस दाङमा खुला रक्तदान गरेर मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजनामा लमहीमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । २८ जनाले रक्तदान गरेको जसमा पुरुष २४ र महिला २८ जना रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा लमहीका सचिव शतिस गौतमले जानकारी दिनुभयो । जिल्ला सभापती मदन गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै शर्माले रक्तदान संस्कृतीको विकास गर्न अझैं आवश्यक रहेको बताउनु भयो । उहाँले नयाँ रक्तदाताको संख्या थप गर्दै नीयमित रक्तदान गर्ने संस्कृतीको विकास जरुरी रहेको बताउनु भयो । कार्यक्रमलाई निवर्तमान सभापती नारायण आचार्य, लुम्बिनी प्रदेशका उपकोषाध्यक्ष ज्ञानहरी रिजाल, पत्रकार केपी घिमिरे, लिला शाह, सम्मानीत रक्तदाता सुमन पौडेल, रोटरी क्लव अफ लमहीका अध्यक्ष केशव घिमिरे, सनलाईट स्कुलका प्रिन्सीपल रेशमबहादुर बुढा, मावी हापुर विजौरीका प्रधानाध्यापक केशव रिजाल लगायतले सम्वोधन गर्नु भएको थियो । कार्यक्रममा नेपाल रक्तसञ्चार केन्द्रका प्रमुख दिलिप न्यौपानेले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा रक्त सञ्चार केन्द्रमा आएर नीयमित रक्तदान गर्ने सुमन पौडेल र सहना श्रेष्ठलाई सम्मान गरिएको छ । संस्थागत रुपमा २१ वटा संस्थालाई सम्मान गरिएको हो । नेपाल रेडक्रस सोसाईटी लमही उपशाखा सभापती थानेश्वर गैरेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला शाखाका मन्त्री प्रकाश श्रीवन्तले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया