
दाङ । गोरखा मोडेकल सेकेन्डरी स्कुल लमही कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले एक भब्य कार्यक्रमको आयोजनागरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेका हुन ।
शैक्षिक गुणस्तर अभिबृद्धि र विद्यार्थीको शैक्षिक भविस्य निर्माण गर्न गोरखा विद्यालयको योग्दान रहेको भन्दै विद्यार्थीहरुलाई सहि विद्यालय छानेकोमा बधाई ज्ञापन समेत गरिएको छ । कक्षा १२ का विद्यार्थी राजन भण्डारीको अध्यक्षता तथा गोरखा स्कुल लमही सञ्चालक समितिका उपाध्यक्ष डोरबहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयको योजनाबारे प्रकाश पारेका थिए ।
कक्षा १२ का विद्यार्थीले विविध सांस्कृतीक प्रस्तुती राख्दै आगन्तुक विद्यार्थीको हौसला बढाए । कार्यक्रमको सहजीकरण कक्षा १२ का विद्यार्थी विशाल अधिकारी र उपहार विडारीले गरेका थिए । गोरखा स्कुलमा कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन बिषयमा पढाई हुदै आएको छ ।









तपाईको प्रतिक्रिया