राप्ती गाँउपालिका क्षेत्रका सडकमा राखिएका सिसि क्यामराले काम गर्न छाडे, मर्मत गर्न मोवाईल व्यवसायीको ध्यानाकर्षण

बासुदेव न्यौपाने

 

देउखुरी । लुम्बिनी प्रदेश सरकारले शान्ति सुरक्षा तथा अपराधिक कृयाकलाप रोकथाप तथा न्युनिकरणका लागि राप्ती गाउँपालिकाका सडकहरुमा सिसी क्यामराहरु जडान जडान गरेको थियो । करिव एक करोड ५० लाखको लागतमा उक्त क्यामराहरु जडान गरिएका थिए । तर हाल ति सिसी क्यामराहरुले काम गर्न छाडेका छन् ।

सि.सि. क्यामराहरु विग्रीएको लामो समय हुदा समेत सम्बन्धी निकायबाट यसको मर्मत गर्ने तर्फ ध्यान गएको पाइदैन । जसले गर्दा एक तर्फ राज्यको लगानी खेर गइरहेको छ भने अर्को तर्फ यसैको फाइदा लिदै अपराधिक घटनाहरु घट्ने गरेका छन् ।

विग्रीएका सम्पूर्ण सि.सि.क्यामराहरु यथाशीघ्र मर्मत गरी सुचारु गर्न राप्ती मोबाईल तथा इलेक्टोनिक्स व्यवसायी संघले माग गरेको छ । संघले बिहिबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई ज्ञापन पत्र बुझाई विग्रीएका सम्पूर्ण सि.सि.क्यामराहरु यथासिर्घ मर्मत गरी सुचारु गर्न ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘कुनै अपराधिक कृयाकलाप घट्न गएमा सि.सि. क्यासराको साहेताले अपराधी पत्ता लगाउन सकिने भएतापनि हाल सबै क्यामराहरु विग्रीएका छन् । त्यसैले यस क्षेत्रमा रहेका सम्पूर्ण सि.सि.क्यामराहरु यथाशीघ्र मर्मत गरी सुचारु गर्न संघ जोडदार रुपमा माग गर्दछ ।’

ज्ञापन पत्र बुझ्दै पालिक अध्यक्ष विष्ट यथाशिर्घ सिसी क्यामरा मर्मत हुने बताउनु भयो । ‘सिसी क्यामरा मर्मत तथा जडानका लागि पालिका र प्रदेश सरकारले १०/१० लाख विनियोजन गरेका छौ’, पालिका अध्यक्ष विष्टले भन्नु भयो ‘प्रकृया पुर्याएर भदौदेखि यसको मर्मस हुनेछ ।’

लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डेयसँग आज मात्र कुरा भएको र यसको छिटै मर्मत गरिने विषयमा छलफल भएको अध्यक्ष विष्टले बताउनु भयो ।

संघका प्रेस संयोजक बासुदेव न्यौपानेले विज्ञप्ती पढेर यस विषयमा अध्यक्ष विष्टलाई जानकारी दिनुभएको थियो भने संघका अध्यक्ष हरी खड्काले ज्ञापन पत्र बुझाउनु भएको थियो । ज्ञापनपत्र बुझान अध्यक्ष खड्का सहित महासचिव कमल खनाल, सदस्य जागृत भुसाल, प्रेस संयोजक बासुदेव न्यौपानेको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया