मोटरसाइकलको ठक्करबाट देउखुरीमा एक पैदलयात्रीको मृत्यु

 

 

देउखुरी । लमही भालुवाङ सडक खण्ड अन्तरगत नर्तीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

लमही नगरपालिका –१ नर्तीमा पूर्वबाट पश्चिम तर्फ गईरहेको रा ४ प ५६०७ नम्बरको मोटरसाइकलले बुधवार राती पैदलयात्रीलाई ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमही नगरपालिका –१ नर्ती निवासी अन्दाजी ४२ वर्षका सन्तु चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि लमही अस्पतालमा लगिएको थियो । घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया