दाङ- लुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीलाई प्रदान गरिएकाे छ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘द लियुरेट्स एण्ड लिडर्स समिट फर चिल्ड्रेन २०२४’ सम्बन्धित पूर्व तयारी कार्यक्रमा सहभागी हुन भारत प्रस्तान गर्ने भएकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मास्कीलाई प्रदान गरिएको हो।
मास्कीले मुख्यमन्त्री नआउँदासम्म दैनिक प्रशासनिक कार्य सम्हाल्ने छन्।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलवासेले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कामकाज गर्न अर्थमन्त्री मास्कीलाई जिम्मेवारी प्रदान गरेका हुन्।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया