दाङ । श्रावण ५ गतेदेखि सम्पर्क विहिन प्युठानकाे सरूमारानी गाउँपालिकाका युवक बुटवलबाट सम्पर्क आएका छन् ।

सरुमारानी गाउँपालिका वडा नं १ दर्भान निवासी २७ वर्षका घनश्याम कवर यहि श्रावण ५ गते सम्पर्क विहिन भएका थिए । ५ गते काठमाडौंबाट प्युठान हिडेका कवर राती १० बजेपछि धादिङको बैरेनीबाट सम्पर्क विहीन भएका थिए ।
कवर सम्पर्क विहिन भएकाे समाचार “हाम्राे लुम्बिनी न्युज डट कम” मा प्रकाशित भए पछि बुटलवलबाट एक व्यक्तिले फाेन गरि बुटवलमा सिसि क्यामरा देखेकाे परिवारलाई जानकारी गराएका थिए । साेही आधारमा खाेज्दै जादा बुटवलकाे ट्राफिक चाेकमा फेला परेकाे कवरका श्रीमती शुष्श्रीता भुलालले जानकारी दिईन । उनले भनिन् ‘ट्राफिक चाेकमा बसिरहेको अवस्थामा फेला पारी प्रहरी चाैकी बुटवलमा राखिएकाे खबर आएकाे छ, हामीसँग सम्पर्कमा आउनु भयाे ।’
सम्पर्कमा आएका कुवललाई लिन बुटवल तर्फ जान लागेकाे कवरका ससुरा लालमणी भुसालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया