प्युठान दर्भानका एक युवक ५ गतेदेखि सम्पर्क विहिन, खाेजिकार्यमा सहयाेग गर्न परिवारकाे अनुराेध

बासुदेव न्याेपाने

 

दाङ। प्युठानकाे सरूमारानी गाउँपालिकाका एक युवक सम्पर्क विहिन भएका छन् ।

सरुमारानी गाउँपालिका वडा नं १ दर्भान निवासी २७ वर्षका घनश्याम कवर यहि श्रावण ५ गते सम्पर्क विहिन भएका हुन् ।  ५ गते काठमाडौंबाट प्युठान हिडेका कवर राती १० बजेपछि धादिङको बैरेनीबाट सम्पर्क विहीन भएका उनका ससुरा लालमणी भुसालले बताए ।

५ गते बेलुका काठमाडौ बाट प्युठान घर फर्कने क्रममा करिब १० बजे सम्पर्कमा आउदा धादिङ  पुगेकाे बताएका कवर त्यसपछि सम्पर्कमा आएका छैनन् ।

साेही दिन राती ११:१९ मा धादिङको गल्छीदेखि नुवाकाेट जाने बाटाेमा माेवाइल लाेकेसन देखाएपनि ५ दिनसम्म पनि उनी सम्पर्कमा आएका छैनन् ।

कवरकाे खाेजिकार्यमा सहयाेग गरिदिन परिवारले अनुराेध गर्दै भेट्नु हुने महानुभावहरूले नजिकैको प्रहरी कार्यालय वा निम्नलिखित सम्पर्क नम्बर ९८५७८३३०२८, ९८५७८३३५३६, ९८५७८३३८१४ मा खबर गरिदिनुहुन अनुराेध गरेका हुन् ।

(कवर साेमबार बेलुका बुटवल क्षेत्रमा देखिएका उनका श्रीमती शुष्श्रीता भुसालले जानकारी दिएकी छिन् । समाचार  प्रकाशित भएपछि आफुले अमरपथ बाट बसपार्क तर्फ गएकाे सिसि क्यामरामा देखेकाे एक ब्यक्तिले खबर गरेकाे उनले बताइन् ।) 

तपाईको प्रतिक्रिया