शिव खाेलामा ट्रक दुर्घटना, ट्रकभित्रै च्यापिएका चालककाे उद्दार कार्य जारी

दाङ – दाङ र बाँकेकाे सिमानामा पर्ने शिव खाेलामा ट्रक दुर्घटनामा परेकाे छ ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्रगत दाङको लमही नगरपालिका- ९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट ट्रक बिहान ४:३० मा खसेकाे थियाे।

 

भैरहवाबाट नेपालगञ्ज‍तर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक खोलामा खसेको हाे। चालक च्यापिएकाे र उनकाे उद्दारकाे प्रयास भइरहेकाे छ।

घाइते अवस्थामा रहेका चालकलाई उद्दारकाे प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

साढे दुई घण्टादेखि चालक घाइते अवस्थामा ट्रकभित्र च्यापिएका हुन्।

तपाईको प्रतिक्रिया