राप्ती गाउँपालिकाकाे मुल गेटमा रास्वपाकाे धर्ना

देउखुरी । प्रगन्ना कुलाे खन्ने नाममा अनिमितता सार्वजनिक भएपछी सत्य तथ्य छानबिनकाे माग राख्दै राप्ती गाउँपालिकाकाे मुल गेटमा धर्ना दिइएको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीले राप्ती गाउँपालिकाकाे मुल गेट अगाडी भ्रष्टाचार विरुद्ध दबाब मुलक कार्यक्रम गरेकाे हाे ।

मंगलबार बिहान ९:३० देखि१०:३० बजेसम्म एक घण्टा भ्रष्टाचारीलाई कार्वाहीकाे माग गर्दै दबाब मुलक कार्यक्रम गरिएको छ ।

राप्ती गाउँपालिकाका संयाेजक दाेर्ण जिसीकाे अध्यक्षतामा भएकाेदबाब मुलक कार्यक्रममा भ्रष्टाचार गर्न पाईदैन, दाङमा भष्ट्राचारीलाई निषेध, नदिजन्य पदार्थको चाेरी बन्द गर जस्ता प्लेकार्ड बोकेर कार्यक्रम बिराेध गरेका थिए ।

गत महिना प्रगन्ना कुलाे खन्ने नाममा अनिमितता सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि रास्वपाले सत्य तथ्यकाे माग राखी बिराेध गर्दै आएकाे छ ।

तपाईको प्रतिक्रिया