बिषालु च्याउ खाँदा देउखुरीमा दुई जना बिरामी

देउखुरी । दाङमा बिशालु च्याउ खाँदा एकै परिवारका दुई जना विरामी भएका छन् ।

 

मंगलबार बिहान वनबाट ल्याएको च्याउ खाएका गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका एकै परिवारका दुई जना विरामी परेकाे गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले जानकारी दिए ।

विरामी हुनेमा गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका ७२ वर्षीय बसन्तु चौधरी र उनकी ७६ वर्षीय श्रीमती छुकनी चौधरी छन ।

बिहान १० बजेतिर खाना खाएका दुवैजनालाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछी गढवा स्वास्थ्य चौकीमा लगिएको थियाे ।

विरामी दुवैको उपचार गढवा स्वास्थ्य चौकीमा भैरहेको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया