रोटरी क्लब अफ सेन्ट्रल बाँकेको‌‌ तेस्रो पद हस्तान्तरण

रोटरी क्लब अफ सेन्ट्रल बाँकेले नेपालगञ्ज स्थित सिद्धार्थ कटेज रेष्टुरेन्टको सभाहलमा शुक्रबार तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यक्रममा रोटरी बर्ष २०२२/२३ का अध्यक्ष रो. बिश्व राम भण्डारीले रोटरीबर्ष २०२३/२४ का अध्यक्ष किशोर कृष्ण भण्डारी लाई पदभार हस्तान्तरण गर्नुभएको थियो।

क्लबको यस बर्षको‌ उपाध्यक्षमा पंकज श्रेष्ठ, प्रेसिडेन्ट इलेक्टमा डा. प्रचण्ड गौतम, प्रेसिडेन्ट नोमिनीमा टेक बहादुर पुन, सचिवमा बसन्त थापा, कोषाध्यक्षमा ईश्वरी जंग मल्ल, प्रशासन प्रमुखमा गंगा राम चौलागाई, टि.आर.एफमा डा. नबिन बुढाथोकी, सर्भिस प्रोजेक्टमा बिमल कार्की, सदस्यता तर्फ मिन बहादुर मल्ल, पब्लिक इमेज प्रमुखमा बिधान न्यौपाने र सर्जेन्ट एट आर्मसमा सन्तोष श्रेष्ठ रहेको जानकारी दिदैं अध्यक्ष किशोर भण्डारीले २०२३/२४ का सम्पूर्ण बोर्ड सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो।

पद हस्तान्तरण गर्दै अध्यक्ष बिश्व भण्डारीले आफ्नो एक वर्षे कार्यकालमा गरेका महत्त्वपूर्ण कामका बारेमा जानकारी गराउँदै एक वर्षको अवधिमा रोटरीले बृहत आखा शिविर सञ्चालन, बाल मन्दिर स्कुललाई आवश्यक सामग्री प्रदान लगायतका कामहरु सम्पन्न गरेको उद्घोष गर्नुभयो। साथै बैजनाथ स्थित समावेशी माध्यमिक विद्यालयमा छात्रा मैत्री शौचालय परियोजना शुरु भएको जानकारी दिनुभयो। भण्डारीले पद हस्तान्तरण गर्दै नयाँ अध्यक्षलाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिनुभयो।

एसिस्टेन्ट गभर्नर रो. हिरा बहादुर शाहले भर्चुयल सम्बोधन गर्दै समुदायमा रोटरीको‌ उपस्थिति र भुमिका अतुलनिय रहेको बताउँदै रोटरी क्लब अफ सेन्ट्रल बाँकेको वर्तमान नेतृत्वलाई बिगतका योजनाहरुलाई निरन्तरता दिदैं अघि बढ्न‌ आग्रह गर्नुभयो ।

पदभार ग्रहण गर्दै अध्यक्ष किशोर कृष्ण भण्डारीले आगामी कार्ययोजनाको बारेमा जानकारी गराउँदै अबको एक वर्षभित्र वृक्षरोपण, कर तथा लेखा सम्बन्धी तालिम संचालन गर्ने, स्वास्थ्य शिविर, बैजनाथमा आँखा शिविर सेन्टर लगायतका कामहरु गर्ने योजना अघि सार्नु भयो।

कार्यक्रममा क्लवका चार्टर प्रेसिडेण्ट डा. कुमार शान शाह ज्युले सम्पुर्ण रोटरीएन‌हरुलाई शुभकामना दिनुभएको थियो।

तपाईको प्रतिक्रिया