बझाङमा भएको गाडी दुर्घटनामा परी सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ।

सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी भरत बोहराले जानकारी दिए। उनका अनुसार ५ः३३ बजे उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उनको निधन भएको हो ।
यसअघि उनकी श्रीमती अमृतादेवी सिंह र भाउजु जानकी सिंहको मृत्यु पनि मृत्यु भएको थियो।
उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। मन्त्री सिंहलाई थप उपचारका लागि हेलिकप्टरबाट कोहलपुर ल्याइएको थियो।
सुप्र ०१००१झ४८० नम्बरको गाडी मंगलबार डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया