मंकीपक्स रोग कसरी सर्छ ? मंकीपक्सका ७ लक्षण र रोकथामका १० उपाय

मंकीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। विदेशबाट नेपाल आएकी एक विदेशी महिलामा यो रोग देखिएको छ। मंकीपक्स विश्वभरी हाल १११ देशमा फैलिसकेको छ।

 

यो मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। यो एमपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने गर्दछ। सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ।

मंकीपक्स रोग कसरी सर्छ?
संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनिहरुको निम्न कुराबाट सर्छ:

  • थुक, र्‍याल
  • घाउ, खटिरा
  • शरीरबाट निस्कने तरल पदार्थ
  • दूषित सतह र सामग्री

निम्न अंगबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छ

  • श्वासनली
  • आँखा नाक वा मुख
  • काटिएको टोकिएको वा फुटेको छाला
  • यौनाङ्ग/गुद्वार

बाँदर मुसा लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट यो भाइरस फैलिन सक्छ।

मंकीपक्स रोगका लक्षणहरु

  • ज्वरो आउने
  • सामान्यत ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिनु
  • अनुहार, हत्केला र पैतालामा डाबर देखापर्नु
  • डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु
  • टाउको, ढाड र मांसपेशी दुख्नु
  • शरीरका ग्रन्थीहरु बढ्नु

लक्षण १४ देखि २८ दिनसम्म रहनसक्छ र सामन्यतया आफैं हराउँछ

मंकीपक्स रोगका सम्भावित जटिलता
बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुलाई निम्न जटिलता हुनसक्छ

  • आँखामा संक्रमण र दृष्टि गुम्नु
  • अन्य जीवाणुको संक्रमण
  • मस्तिष्क ज्वर
  • गर्भ खेर जानु
  • मृत्यु

रोकथामका उपाय

  • मंकीपक्स शंका वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने
  • संक्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने
  • संक्रमित व्यक्तिको हेरचाह गर्नेलाई पीपीई लगाउने
  • घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने
  • नियमित साबुनपानीले हात धुने
  • मरेका र बिरामी जनावरको सम्पर्कमा नजाने
  • संक्रमित व्यक्तिका लुगा तौलिया ओछ्यान र भाँडाहरु तातो पानी र डिटर्जेन्टले धुने
  • संक्रमितको सम्पर्कमा आएको सतह र स्थान निसंक्रमण गर्ने
  • मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
  • फोहोरलाई उचित स्थानमा फाल्ने

-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया