
बुटवल । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. का बिच सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यको म्यादी जीवन वीमा गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।
सरल तथा सहज वीमाका लागि भरपर्दो वीमा कम्पनीका रुपमा परिचित सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. का तर्फबाट अध्यक्ष बालकृष्ण पाण्डेयले सम्झौतामा हस्ताक्षर गरेका छन ।
सो सम्झौता कार्यक्रममा हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका सूचना प्रविधि सल्लाहकार दिपेन्द्र पौडेलको समेत उपस्तिथी रहेको थियो ।
बुटवल रुपन्देहीमा मुख्य कार्यालय रहेको प्रादेशिक स्तरको यस सहकारी संस्थाले विपन्न वर्गका ग्राहक सदस्यहरुमा उद्यमशिलता विकास गर्नका लागि विना भेदभाव “हामी गर्छौ, सवैका लागि, सधैका लागि” भन्ने नाराका साथ लघुवित्त कार्यक्रम संचालन गरिरहेको छ ।
सहकारी संस्थाले बुटवलसहित कपिलवस्तुको चन्द्रौटा, दाङको भालुवाङ र घोराही र बाँकेको नेपालगंजमा आफ्नो शाखा सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया