जन्मदिनमा बटुवालाई चिसो सर्वत पानी

 

 

देउखुरी। लमही नगरपालिका वडा नं ६ देउपुर निवासी युवा समाजसेवी शेषमणी अधिकारीले आफ्नो जन्मदिनको अवसरमा बटुवालाई निःशुल्क चिसो सर्वत पानी खुवाएका छन् ।

लमही–कोइलावास सडक खण्डमा विहान ११ बजे देखी बेलुका सम्म चिसो सर्वत पानी खुवाएका हुन् । ‘यो गर्मिमा चिसो सर्वत पानी खुवाउन पाउदा खुसी छु’उनले भने, ‘जन्मदिनमा केही अनुकरणीय काम गर्ने योजना अन्तरगत बटुवालाई चिसो सर्वत पानी खुवाएको हुँ ।’ गर्मिमा चिसो पानी खान पाउदा बटुवाहरु पनि खुसी भएका थिए ।

तपाईको प्रतिक्रिया