
दाङ । घोराही उपमहानगरपालिका १२ माध्यमिक विद्यालय रतनपुर हापुरमा शैक्षिक गुणस्तर सुधार गर्न प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढेको छ ।
विद्यार्थीहरुलाई गुणस्तरीय सिकाइ हस्तान्तरण गर्ने उदेश्यले कक्षा कोठालाई स्मार्ट बनाउन थालिएको हो । विद्यालयमा स्मार्ट वोर्ड जडान गरिएको र त्यसबाट पठनपाठन सुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश गौतमले जानकारी दिए ।
माथिल्लो कक्षामा ह्वाइट बोर्ड र कालोपाटीको ठाउँमा स्मार्ट बोर्ड राखिएकोमा आगामी वर्ष सबै कक्षामा जडान गरिने छ । विद्यालयमा पाँच सय बढी विद्यार्थि छन । पछिल्लोपटक विद्यालयमा भौतिक पूर्वाधारले छलाङ मार्न थालेको छ । नयाँ १६ वटा कोठा भएको भवन बन्न थालेको छ । यस्तै विज्ञान पार्क बन्दै छ ।
मावि रतनपुर नमुना विद्यालयको रुपमा विद्यालय फरक पहिचान बनाउन थालेको हो ।

तपाईको प्रतिक्रिया