देउखुरीमा शिक्षक तथा पत्रकार कुटपिट गर्ने अधिकारी प्रहरी नियन्त्रणमा

 

 

दाङ । राजपुर गाउँपालिका –२ स्थित रहेको जनज्योति माध्यामिक विद्यालय बेलाका शिक्षक तथा पत्रकार श्रवण कुमार यादवलाई कुटपिट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका १ कठबेरुवा घर भई हाल वडा नम्बर २ बेला (विद्यालय अगाडी) कम्प्युटर पसल गरि बस्ने आनन्द अधिकारी रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन ओलीले जानकारी दिए ।

जेठ २३ गते आनन्द अधिकारी र त्रिलोक कार्कीले विद्यालयमा पठन पाठन भई रहेको समयमा मुख्य द्वारमा लगाएको ताला फोडेर भित्र प्रवेश गरि प्रधानाध्यापक केशवराम यादवलाई कहाँ छ भन्दै आक्रामक शैलीमा खोजेका थिए, प्रधानाध्यापक यादवलाई नभेटेपछि अन्य शिक्षकलाई गालि गलौच गर्दा शिक्षक श्रवण यादवले मोबाइल बाट भिडियो खिच्दै गर्दा उनीहरुले मोबाइल खोस्नुका साथै कुटपिट गरेका थिए ।

घटना घटाएर फरार रहेका अधिकारी र कार्कीको तिब्ररुपमा खोजि कार्य भईरहेको थियो, त्यसै अनुशार गएराती साढे नौ बजेको समयमा अधिकारीलाई बेलाबाटै नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।

अधिकारी र कार्कीलाई सार्वजनिक मुद्दा दर्ता गरि आवश्यक अनुशन्धान प्रक्रिया अगाडी बढेको छ भने घटनामा संलग्न भएका कार्की अझै फरार छन, उनको खोजीकार्य भैरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया