देउखुरी वारियर्स क्रिकेट क्लवले धनगढी सुपरलिगमा भाग लिने

दाङ । देउखुरी वारियर्स क्रिकेट क्लव धनगढीमा हुन थालेको सुपरलिगमा सहभागी हुने भएको छ । देउखुरी वारियर्स क्लवका खेलाडी तथा कोचको बिदाइ गरिएको छ ।

 

शुक्रबार लमही अन्तरास्ट्रिय क्रिकेट मैदान परिसरमा औपचारिक कार्यक्रम मार्फत खेलाडीहरुको विदाइ गरिएको हो । लमही नगरपालिकाका संस्थापक मेयर कुलबहादुर केसीले खेलाडीलाई क्रिकेट व्याट र जर्सि हस्तान्तरण गर्दै सफलताको कामना गरेका छन ।

‘क्रिकेट खेलको विकास अघि बढेको छ । खेलाडीहरुले यसमा भविष्य देख्न थाल्नु भएको छ । यो सुखद पक्ष होझउनले भने ञखेल क्षेत्रको विसकाको लागि अझै लगानीको आवश्यकता छ ।’

धनगढीमा हुन थालेको खेलमा सफलता प्राप्त गर्नेगरी तयारी गरिएको क्रिकेट टिमका कोच अर्जुन बस्नेतले बताए । ‘हामिले सफलता प्राप्त गर्छौं । हाम्रो टिममा उत्कृष्ट खेलाडीहरु छन’ उनले भने ‘उत्कृष्ट प्रदर्शन गर्ने छौं ।’

यो खेलले देउखुरीको पहिचान राष्ट्रिय स्तरमा पुर्‍याउने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया