बासुदेव न्यौपाने, दाङ । राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकास विष्टले व्यरोजगार युवाहरुलाई लक्षित गर्दै रोजगार बैंक सञ्चालन गर्ने बताए ।

राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाको आयोजनामा राप्ती गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम बोल्दै अध्यक्ष विष्टले व्यरोजगार युवाहरुको डाटा संकलन गरी रोजगार बैंक सञ्चालन गर्ने बताएका हुन् । “विकासका योजनाहरुमा युवाहरुलाई सहभागी बनाएर लैजान्छौ ।” अध्यक्ष विष्टले भने “स्थानीय सरकारमा युवाहरुको सहभागिता हुने काम गर्ने छौ । जसबाट युवाहरु व्यरोजगार भएर बस्न पर्ने छैन ।”
असार १० गते बजेट प्रस्तुत गर्ने बताउदै अध्यक्ष विष्टले पहिलो वर्ष विशेषगरी शिक्षा र स्वास्थ्यमा लगाने गर्ने बताए । “विशेषत पहिलो वर्ष घोषण पत्र अनुसार बजेट प्रस्तुत गर्ने छौ” उनले भने “दोस्रो वर्षदेखि पञ्च वर्षिय योजना बनाएर ५ वर्ष भित्र राप्ती गाउँपालिकालाई देशको नमुना शहरको रुपमा विकास गर्ने शंकल्प बोकेर आएका छौं ।”
राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमख अथिति समेत रहेका विष्टले विज्ञ टिमसँग छलफलगरी बैज्ञानीक ढंगबाट यस क्षेत्रको दिर्घकालिन रुपमा फोहर व्यवस्थापन गरी यसको समाधान गर्ने बताए ।
राप्ती गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा नवनिर्वाचित उपाध्यक्ष कमलापती चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न सो कार्यक्रम मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओम प्रकास गुप्ताले गरेका थिए भने धन्यवाद ज्ञापन मञ्चका प्रथम उपाध्यक्ष बासुदेव न्यौपानेले गरेका थिए ।

तपाईको प्रतिक्रिया