
अर्घाखाँचीमा आगलागी हुदाँ ५ जना घाइते भएका छन् । भुमिकास्थान नगरपालिका २ जोइथुम गाउमुनी रहेको खर बारीको तिरतिरे खोला जंगलमा लागेको आगो एक्कासी पदम बेल्वासको घरमा सलकिए भिषण आगोलागी हुदा ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरक्षिक कृष्ण प्रसाद घिमिरेले जनाकारी दिएका छन् ।
आगोलागी हुदा ५५ वर्षिय पदम बेल्बासे सहित ७२ वर्षिया पिताम्बर बेल्बासे, ३६ वर्षिया माधब बेल्वासे, ५२ वर्षिया घनस्याम बेल्वासे गम्भीर घाइते भएका छन् भने ३६ वर्षिया संगीता बेल्बासे सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि मिसन अस्पताल पाल्पा रिफर गरीको छ ।




लेखकको बारेमा

तपाईको प्रतिक्रिया