
अर्घाखाँची । मंगलबार अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा २ मा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका ५ जना मध्ये ४ जनाको मृत्यु भएको छ।
भुमिकास्थान नगरपालिका २ जोइथुम गाउमुनी रहेको खर बारीको तिरतिरे खोला जंगलमा लागेको आगो एक्कासी पदम बेल्वासेको घरमा सल्किएर मंगलबार भिषण आगोलागी हुदा ५ जना घाइते थिए ।
आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासे र ३६ वर्षिया माधब बेल्वासेको मृत्यु भएको हो।
पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा मृत्यु भएको हो भने पदमको थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा चितवनको नारायणघाट नजिक पुग्दा मृत्यु भएको हो। यस्तै घनश्याम र माधब बेल्।वासको उपचारका लागि काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
आगलागीबाट घाइते २६ वर्षीया अस्मिता बेल्वासेको मिशन अस्पताल पाल्पामा उपचार भइरहेको उनका श्रीमान शिब बेल्वासको बताए ।

तपाईको प्रतिक्रिया