दाङ – लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय विकास विज्ञ डा. केसीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता सन्तोष कुमार पाण्डेयले जानकारी दिए।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ। जसमा उपाध्यक्ष र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेको छ।
उपाध्यक्षमा नियुक्त केसी स्थानीय विज्ञ हुन्। लामो समयदेखि सामाजिक विकासको क्षेत्रमा क्रियाशिल डा. केसीले ग्रामिण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन्।
गरिबी निवारण कोषको पूर्व कार्यकारी निर्देशकसमेत रहेका केसी अफगानिस्थानमा विकाससँग जोडिएर एक दशकभन्ला बढी काम गरेका छन्। केसी तुलसीपुर उपमहानगरपालिका–६ को स्थायी बासिन्दा हुन्।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया