लमहीमा अटो दुर्घटना, चार जना घाइते

लमही । लमही नगरपालिका ४ मा अटो दुर्घटना हुँदा चार जना घाईते भएका छन् । लमही नगरपालिका –४ चैलाहीमा स्कुल बस र अटो एक आपसमा ठोकिँदा अटोमा सवार चार जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

आज बिहान साढे नौ बजे गढवाबाट लमही तर्फ जाँदै गरेको प्रिन्स बोर्डिङ स्कुलको बा १ क ९०१० नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा रा १ ह २१५४ नम्बरको अटो कल्भर्टमा ठोक्किँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा परेर गढवा गाउँपालिका–(६ गढवा बजार निवासी ७२ वर्षीय उमाकान्त पन्त, गढवा गाउँपालिका –६ मधपुर निवासी ४० वर्षकी रवि विश्वकर्मा, सोही ठाउँ निवासी ७० वर्षीया जुठी वली र गढवा ७ निवासी ४० वर्षका अटो चालक पुरन चौधरी घाईते भएका छन् ।

उमाकान्त पन्तलाई लमहीमा प्राथमिक उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ भने जुठी वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही उपचार भइरहेको छ । अरुको लमही अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया