रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा अवस्थित एनआईसी एशिया बैंकमा सेवाग्राहीले तालाबन्दी गरेका छन् ।

आर्थिक संकटले व्यवसायी धरासायी भएको अवस्थामा यसरी बैंकले नियतबस नै जग्गा लिलामी प्रक्रियामा लैजाने तथा ज्यादती गर्दै करोडौंको सम्पत्ति हडप्नेगरी नियतबस सेवाग्राहीको जग्गालाई लिलामी प्रक्रियामा लगेको भन्दै तालाबन्दी आइतबार तालाबन्दी गरिएको हो ।
स्थानीय होटल व्यवसायी तथा बैंकका सेवा ग्राही उमाशंकर मिश्राको होटल आकाशको भवन र पार्किङ रहेको करिब ४६ धुर तथा घर रहेको २० धुर जग्गा समयमा किस्ता नतिरेको भन्दै बैंकले लिलामी प्रक्रियामा लगेको छ । १५ करोड बढी मुल्य पर्ने जग्गा धितो लाखेर ४ करोड ऋण निकालेका मिश्राले २०७९ असोज मसान्तदेखि किस्ता नतिरेपछि बैंकले लिलामी प्रक्रियामा लैजान ताकेता गर्दै आएको थियो ।
आर्थिक संकटले किस्ता तिर्न नसकेका मिश्रालाई १० लाख बुझाएमा तत्कालका लागि लिलामी प्रक्रियामा नजाले र किस्ता तिर्न बैंकले केही समय उपलब्ध गराउने आश्वासन दिएर झुक्याएको पीडित बताउँछन् । मिश्राका अनुसार बैंकका म्यानेजर प्रविन रायमाझीले भने अनुसार नै उनले गत चैत्र २२ गते १० लाख रुपैयाँ लगेर रकम जम्मा गराए । त्यसको केही दिनपछि चैत्र २५ गते एनआइसी एसियाको क्षेत्रीय कार्यालय भैरहवा बोलाएर त्यहाँका प्रमुख तिलक सुन्दर कार्कीले थप ९ लाख बुझाउनु पर्ने नत्र लिलामी प्रक्रियामा जाने चेतावनी दिए । मिश्राले थप ९ लाख जोहो गर्नका लागि थप केही दिन समय मागे ।
केही दिनमा ९ लाख जम्मा गरेपछि केही दिनका लागि किस्ताको भाका सर्ने आशा लिएर घर फर्किएका उनलाई पुन बैंकले फोन गरेर भन्यो ‘९ लाखले पुग्दैन ३० लाख जम्मा गर्नुपर्छ नत्र लिलामी प्रक्रियामा जान्छौं ।’ उक्त रकम तत्काल जम्मा गर्न नसक्ने बताउँदै पीडित मिश्राले किस्ता तिर्ने भाका माग गरे । तर, बैंकले २०७९ सालको अन्तिम दिन चैत्र ३० गते नै लिलामी प्रक्रियाका लागि सूचना जारी गर्यो ।
तालाबन्दीपछि बैंक प्रशासनले समस्या समाधानका लागि छलफल गर्न तयार रहेको भन्दै सोमबारका लागि समय दिएपछि ताला खोलिएको छ ।

तपाईको प्रतिक्रिया