
कञ्चनपुरमा एक जना ८० वर्षीया वृद्धा बलात्कृत भएकी छिन् ।
वृद्ध महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दोधारा चाँदनी नगरपालिका–७ टाउके टोल बस्ने ४० वर्षीय मुकेश क्षेत्रीलाई शनिबार दिउँसो पक्राउ गरेको छ ।
क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै, काठमाडौंमा १५ र झापामा १६ वर्षीया दुई जना किशोरी पनि बलात्कृत भएका छन् ।
काठमाडौंमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा टोखा नगरपालिका–९ दिपज्योती बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका–११ घर भएका ३१ वर्षीय कृष्ण बहादुर महतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
महतले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, झापामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका–४ नयाँबस्ती बस्ने ३० वर्षीय मुसलिम अन्सारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
अन्सारीले ती किशोरीलाई सोही ठाउँस्थित मकैबारीमा घाँस काट्दै गरेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया