सेती नदीको खोँचमा खसेकी बालिका मृत भेटिइन्

शनिबार पोखराको सेती नदी खोँचमा खेल्ने क्रममा खसेकी बालिका मृत फेला परेकी छिन्। पोखरा महानगरपालिका–१५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा भासिएको प्वालमा अड्किएको बालिकालाई २ सय मिटर तल खोँचबाट साँझ निकालिएको थियो।

 

मध्यान्हतिर खसेकी बालिकालाई त्यहाँबाट निकालेर अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। पोखराको नागढुंगा बस्ने १२वर्षीया बालिका स्मृति पराजुली खेल्ने क्रममा उक्त प्वालबाट खोँचमा खसेकी थिइन्।

उक्त घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीबाट खटिएको गोताखोरसहितको टोलीले उनलाई निकालेको हो। उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषित गरेका थिए।

तपाईको प्रतिक्रिया