जग्गाको विषयमा विवाद हुँदा गोली चल्योः एक जनाको मृत्यु, तीन जना घाइते

जग्गाको विषयमा विवाद हुँदा रौतहटको गढीमाई नगरपालिकामा गोली प्रहार भएको छ। दुई समूहबीच भएको झडपमा गोली प्रहार भएको हो।

 

गोली लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। धनगढीमाई नगरपालिकाको वडा नम्बर ८ धोबिनियाँमा जग्गाको विवादलाई लिएर दुई समूहबीच शनिबार गोली प्रहार हुनेसम्मको स्थिति बनेको हो।

rautahat goli kanda (1)1681567337.jpg

प्रहरीका अनुसार अवैध हतियारबाट गोली हानाहान हुँदा धनगढीमाई नगरपालिका ८ का राजकुमार रायको मृत्यु भएको हो। गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन्। घाइते भएका तीनै जनाको गरुडास्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

rautahat goli kanda (2)1681567336.jpg

घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ।

rautahat goli kanda (3)1681567336.jpgrautahat goli kanda (5)1681567336.jpg

-नेपाल लाइभ

तपाईको प्रतिक्रिया