पाल्पाको रम्भामा शनिबारदेखि स्थगित मतगणना अझै सुरु भएन

पाल्पा । पाल्पाको एउटा स्थानीय तहमा स्थगित मतगणना कार्य अझै सुरु हुन सकेको छैन । रम्भा गाउँपालिकामा शनिबारदेखि मतगणना स्थगित छ ।

 

पाल्पामा २ नगरपालिकासहित १० पालिका रहेकोमा ९ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । तर रम्भा गाउँपालिकामा शनिबारदेखि स्थगित भएको मतगणना अहिलेसम्म पनि सुरु हुन सकेको छैन ।

वडा नं. ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ फर्जी मत भेटिएपछि शनिबार साँझदेखि मतगणना कार्य स्थगित भएको थियो ।

निर्वाचन अधिकृतको कार्यालय रम्भाले विभिन्न चरणमा बैठक बसी स्थगित गतगणना सुरु गर्न प्रयास गरेतापनि सत्तारुढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया