राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालय चितवनमा उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता भएको छ।

चितवन–२ बाट दोस्रो पटक प्रतिनिधि सभाका लागि उम्मेदवार भएका लामिछानेले नागरिकता लिएको अवधि नपुग्ने भएकाले उम्मेदवारी खारेज हुनुपर्ने भनिएको छ।
लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले चितवन–२को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।
लामिछानको संविधानको धारा २९१ अनुसार योग्यता नै नपुग्ने भएकाले उनको उम्मेदवारी दर्ता नै हुन नसक्ने दाबी उजुरीमा गरिएको छ।
नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभई निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको र लामिछानले नेपाली नागरिकता लिएको उक्त अवधि नपुग्ने दाबी उजुरीमा गरिएको छ।
लामिछानेले माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनर्प्राप्ति गरेका थिए। त्यसअघि उनले विदेशी नागरिकता त्यागेको निस्सा बुझाएको नदेखिएकाले बदर गरिएको थियो। सर्वोच्च अदातलको संवैधानिक इजलासले उनको सांसद पद समेत बदर गरिदिएको थियो। योसँगै निर्वाचन आयोगले उक्त क्षेत्रमा वैशाख १० मा निर्वाचनको मिति तोकेको थियो। लामिछानले नागरिकता त्यागेको अवधि संविधानले तोकेकोभन्दा धेरै भएकाले कुनै फरक नपर्ने उनीहरुको दाबी छ।

तपाईको प्रतिक्रिया