बासुदेव न्यौपाने, दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा प्रकाश विष्ट र उपाध्यक्षमा कमलापती चौधरी निर्वाचित भएका हुन् । माओवादी र जनमोर्चाको गठबन्धन रहेतापनि अध्यक्षमा माओवादी विजयी हुदा उपाध्यक्षमा जनमोर्चा तेस्रो स्थानमा रहेको छ ।

विष्टले ६ हजार ८ सय ९८ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेकपा एमालेका जगत प्रसाद पोख्रेलले ५ हजार ७ सय मत ल्याए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा अक्ष्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेस निर्वाचित भएको थियो ।
उपाध्यक्षमा निर्वाचित चौधरीले ६ हजार ६ सय ७५ मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका हरि भुसालले ५ हजार ४ सय ९६ मत ल्याए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा अक्ष्यक्ष र उपाध्यक्षसहित ५ वटा वडामा निर्वाचित नेपाली कांग्रेसले यस पटक एउटा मात्र वडामा चित्त बुझाएको छ । त्यसैगरी माओवादीले ३ र एमालेले एउटा वडामा जितेको थियो ।
स्थानीय तह निर्वाचन २०७९ मा नेकपा माओवादीले अध्यक्षसहित २ वडा वडा, नेकपा एमालेले उपाध्यक्षसहित ४ वटा वडामा निर्वाचित भएको छ भने नेपाली कांग्रेस, जनमोर्चा र ऐकिकृत समाजवादिले एक एक वडामा निर्वाचित भएका छन् ।
निर्वाचित वडाध्यक्षहरु
नेकपा माओवादी केन्द्र:
२ नं वडा अध्यक्ष– पहलमान चौधरी
९ नं वडा अध्यक्ष– रिमबहादुर सुनारी
नेकपा एमाले:
१ नं वडा अध्यक्ष – गेमबहादुर खड्का
५ नं वडा अध्यक्ष– देवप्रसाद चौधरी
७ नं वडा अध्यक्ष– सिताराम चौधरी
८ नं वडा अध्यक्ष– चन्द्रबहादुर गुरूङ्ग
नेपाली काँग्रेस :
३ नं वडा अध्यक्ष –उमेश अधिकारी
राष्ट्रिय जनमोर्चा:
४ नं वडा अध्यक्ष– बिरबहादुर चौधरी
नेकपा एकिकृत समाजवादी:
६ नं वडा अध्यक्ष–दिपककुमार चौधरी

तपाईको प्रतिक्रिया