दाङ । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा राप्ती गाउँपालिका वडा नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसकाे तर्फबाट उम्मेदवारी दिएका उमेश अधिकारी विजयी भएका छन् । उनले कुल खसेकाे ३०९३ मतमा ९७९ मत ल्याइ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी माओवादीका तुला गिरीले ९७३ मत प्राप्त गरेका छन् । अधिकारीले गिरीकाे भन्दा ६ मत बढी प्राप्त गरेका छन् ।
त्यसैगरी ७ नं वडामा एमालेका तर्फबाट सिताराम चाैधरी विजयी भएका छन् । उनले कुल खसेकाे २५५० मतमा ८९४ मत ल्याइ विजयी भएका छन् । उनले प्रतिद्वन्दी नेपाली कांग्रेसका विद्याशरण चाैधरीलाई १० मतले हराएका छन् । चाैधरी नेपाली कांग्रेसका राप्ती गाउँपालिका सभापति समेत रहेका छन् ।
गाउँपालिकामा अहिले सम्म वडा नं १,२,३, ७, ८ र ९ काे नतिजा सार्वजनिक भएकाे छ । जसमा वडा नं १, ७ र ८ मा एमाले, २ र ९ मा माओवादी र ३ मा नेपाली कांग्रेसले विजयी हासिल गरेका छन् ।
गाउँपालिका अध्यक्षमा भने माओवादी र राजमो को गठबन्धका उम्मेदवार प्रकाश विष्टले अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका जगत प्रसाद पाेख्रेलले पछ्याईरहेका छन् ।

तपाईको प्रतिक्रिया