
प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकाका ६२ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ । कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनालाई सहयोग पुग्नेगरी किसानलाई हाते ट्याक्टर वितरण गरिएको हो ।
बिहिवार गाउँपालिका उपाध्यक्ष बसन्ता खड्का, प्रमुख प्रशासकिय अधिकृत देविराम पाठक, वडा नं. ४ का वडा अध्यक्ष चिन्त सोमई लगायतले संयुक्त रुपमा हाते ट्याक्टर हस्तान्तरण गरेका हुन् । ‘कृषि पेशालाई आधुनिकीकरण गर्न हाते ट्याक्टरले मद्धत गर्ने छ’ वडा अध्यक्ष तथा प्रवक्ता चिन्त सोमइले भने, ‘कृषि कर्ममा लागत घटाउन र आयआर्जन बढाउने लक्ष्यका साथ काम भइरहेको छ ।’

गाउँपालिकाको अनुरोधमा हेफर प्रोजेक्ट नेपालले शान्तीकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत कृषि औजार वितरण गरिएको हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्यले जानकारी दिए ।
‘अझैं पनि कुटो कोदालको भरमा, हलोको भरमा किसानले खेतबारी जोत्दै आएका छन् । खेति प्रणालीमा आधुनिकिकरण गर्न कृषि औजारका सामाग्री हस्तान्तरण गरियो’बरिष्ठ कार्यक्रम अधिकृत आचार्यले भने,‘अव किसानलाई खेतबारी जोत्न सजिलो हुने छ ।’



तपाईको प्रतिक्रिया