हत्या गरी फरार अभियुक्त १३ वर्ष पछि भालुवाङबाट पक्राउ

 

 

देउखुरी । हत्या गरी फरार रहेका एक अभियुक्त १३ वर्ष पछि भालुवाङबाट पक्राउ परेका छन् ।

कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्धामा २० वर्ष कैद फैसला तोकिएका राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी मोहम्मद अमर मुसलमान भनिने मोहम्मद अमिरलाई इलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्ज्वल बहादुर सिंहको नेतृत्वमा रहेको प्रहरी टोलीले मोहम्वदलाई राप्ती गाउँपालिका वडा नं. १ भालुवाङमा लुकीछिपी बसि रहेको अबस्थामा बुधवार पक्राउ गरेको हो ।

मोहम्वदलाई कपिलवस्तु जिल्ला अदालतले २०६६ बैसाख ८ गते कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्धामा २० वर्ष कैद फैसला तोकेको थियो । पक्राउ परेका मोहम्वदलाई जिल्ला अदालत दाङमा पेश गरीएको र अदालतको आदेश अनुसार कैद भुक्तानको लागी जिल्ला कारागार घोराही पठाइएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक उज्ज्वल बहादुर सिंहले बताए ।

तपाईको प्रतिक्रिया