ऐरावती आदर्श बहुमुखी क्याम्पसमा नेविसंघबाट सभापतिमा भट्टराईको उम्मेदवारी

 

 

देउखुरी । ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया दाङमा नेपाल विद्यार्थी संघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा भुवन भट्टराईको उम्मेदवारी परेको छ ।

नेविसंघको तर्फबाट भुवन भट्टराईले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् । नेविसंघबाट सचिवमा अरुण पौडेल र कोषाध्यक्षमा रेजिना कुमालले उम्मेदवारी दिएका छन् । त्यसैगरी सदस्यहरुमा निलम चौधरी, प्रकाश पुन मगर, ललिता चौधरी, सुहाना निशा र मौसम पुन मगर गरी प्रत्यक्ष तर्फ ८ सदस्य उम्मेदवारी परेको छ  भने समानुपातिक तर्फ ७ सदस्य बन्द सुचि निर्वाचन कार्यालयमा ने वि संघले पेस गरेको छ ।

ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया दाङमा अखिल क्रान्तिकारी वैद्य समुह , नेपाल विद्यागर्थी संघ, संयुक्त प्यानलबाट अ.ने.रा.स्व. वि. यु. र १ स्वतन्त्र उम्मेदवार गरी ४ जनाको सभापतिका दावेदार रहेको छन ।

ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया दाङमा अ.ने.रा.स्व. वि. यु., अ.ने.रा.स्व. वि. यु. छैठौँ र अखिल क्रान्तिकारी माओवादी बिच तालमेल भएको छ भने नेविसंघ कुनै संगठन संग तालमेल नगरी एकल रुपमा उम्मेदवारी दिएको छ ।

तपाईको प्रतिक्रिया