नेकपा एमालेको तर्फबाट भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार भएकी छिन्। उनले पनि शनिबार उम्मेदवारी दर्ता गराएकी थिइन्। एमालेको शनिबार बिहान बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्यले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रोपटक हो । यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उनलाई उम्मेदवार बनाएको थियो ।
शाक्यको प्रस्तावकमा केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ छन्। त्यस्तै, समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन्।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया