नेपालगंज । हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो चौथो शाखा विस्तार गरेको छ । सहकारीले चौथो शाखाको रुपमा नेपालगंजको धम्बोजीचोकमा संस्थाको चौथो सेवा केन्द्रको रुपमा कार्यालय स्थापना गरि सेवा शुभारम्भ गरेको छ ।

बिहिबार एक कार्यक्रमको आयोजना गरी नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले सहकारीको उद्घाटन गरेका छन् । उद्घाटन सँगै सेवा केन्द्रले बिहिबारदेखि नै कारोवार सुरु गरेको छ । कारोवारको पहिलो दिन नै संस्थाले २५ लाख बराबरको कारोवार गरेको संस्थाका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिए ।
बुटवल उपमहानगरपालिका –११, कलिकानगर, रुपन्देहीमा प्रधान कार्यालय रहेको यस हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको परिकल्पना स्वरुप बिभिन्न स्थान, पेशा व्यवसायी, समाज सेवी, बुद्धिजिवि र लामो समय देखि वित्तिय सेवामा अनुभव भएका व्यक्तिहरुको चाहना स्वरुप स्थापना भएको सहकारी संस्था रहेको संस्थाका अध्यक्ष बालकृष्ण पाण्डेले बताए ।

२०७८ कार्तिक १८ गतेबाट कारोबार शुभारम्भ गरिएको संस्था त्यसअघि असार ३० गते एक सय ४४ जनाको प्रारम्भिक शेयर सदस्य संगठित भइ लुम्बिनी प्रदेशका लागि स्थापना गरिएको हो । एक सय ४४ जना प्रारम्भिक शेयर सदस्यहरुको संयुक्त लगानीबाट रु दश करोड जारी पुँजी रहेको यस सहकारी प्रदेश सरकार सहकारी ऐन २०७६ बमोजिम लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दर्ता भई बुटवल–११, कालिकानगर, रुपन्देहीबाट बचत संक्लनको साथै ऋण लगानी तथा लघुवित्त सेवा प्रदान गर्दै आईरहेको अध्यक्ष पाण्डेले जानकारी दिए ।
यस संस्थाको कार्यक्षेत्र लुम्बिनी प्रदेशको तराईका ६ जिल्ला (नवलपरासी सुस्ता पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया) रहेको छ । आवस्यकता अनुसार लुम्विनी प्रदेशका स्वीकृती प्राप्त जिल्लाहरुमा सेवा केन्द्र बिस्तार गर्दै लैजाने लक्ष्य संस्थाको रहेको छ ।
सहकारीले यसै साता आफ्नो ‘पाँचौं शाखा सेवा केन्द्रका रुपमा दाङको घोराहीमा सेवा शुभारम्भ गर्दैछ । यस अघि बुटवल, चन्द्रौटा र दाङको भालुवाङपछि नेपालगन्जमा शाखा सञ्चालन गरिएको हो ।

तपाईको प्रतिक्रिया