राष्ट्रिय युवा संघ नेपाल दाङको अधिवेशन चैत्र ८ गते हुने

 

 

 

दाङ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दाङको चैत्र ८ गते जिल्ला कमिटीको अधिवेशन हुने भएको छ । अधिवेशन दाङको घोराहीमा सम्पन्न हुनेछ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी दाङका अध्यक्ष देबु बस्नेतको अध्यक्षता एवं नेकपा एमाले दाङका सचीव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यता बसेको बैठकले चैत ८ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य गोपाल नेपाली, नेकपा एमाले जिल्ला सचिबालय सदस्य युवा फाँट प्रमुख सुरेश रावत, सानुनारायण अधिकारी लगाएतको उपस्थितिमा बसेको थियो ।

तपाईको प्रतिक्रिया