तुल बहादुर कवँर मगर
दाङको राप्ती गाउँपालिकाको आयोजनामा बिहीबार देखि पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा संविधान सभाका पुर्व सदस्य तथा लुम्बिनी प्रदेश सभा दाङ क्षेत्र नम्बर १ क का निवर्तमान प्रदेश सभा विद्यान समितिका सभापति दामा शर्माको प्रमुख आतिथ्यता र संविधान सभाका पुर्व सदस्य सुशीला चौधरीको विशिष्ट आतिथ्यतामा प्रतियोगिताको शुरु भएको छ ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि शर्माले खेलले शारीरिक र मानसिक रुपमा तन्दुरुस्त मात्र नभई अनुशासित पनि गराउने भएकाले खेल क्षेत्रको महत्त्व बढी रहेको बताइन । त्यस्तै उनले देशका तीनवटै तहका सरकारहरुले खेल र खेडीहरुलाई खेलकुदको माध्यम बाट प्रोत्साहन गर्नु पर्ने कुरामा जोड दिइन् ।
आजबाट शुरु भएको खेलहरुमा पुरुष तर्फका खेल वडा नम्बर ३ को सिरीचौर खेल मैदानमा भई रहेको छ भने महिला तर्फका खेल वडा नम्बर २ लालमटियाको टुडिखेल मैदानमा सञ्चालन भई रहेको छ।
पालिकाका सबै वडाका महिला र पुरुष गरि १८ बटा टिमले भाग लिएरको खेल २७ गते सम्म सञ्चालन हुने वडा नम्बर ३ का वडा अध्यक्ष तथा खेल संयोजक उमेश अधिकारीले जानकारी दिए ।
यसै बिच जनप्रतिनिधि र कर्मचारीहरु बिच भएको पहिलो उद्घाटन खेलमा पुरुष कर्मचारीहरुको टिमको विरुद्ध १–० गोल गर्दै जनप्रतिनिधिहरुको टिम बिजयी भएका छन् भने महिला जनप्रतिनिधिरुको टिमको विरुद्ध ३–० गोल गर्दै कर्मचारीहरुको टिम बिजयी भएका छन्। जनप्रतिनिधीको तर्फबाट पहलवान चौधरीले गोल गरेका थिए भने महिला कर्मचारीको तर्फबाट सिता पौडेलले ह्याटिक गरेकी थिएन् ।
खेलको पहिलो दिन पुरुष तर्फ वडा नम्बर १ र ६,३ र ७,८ र ४ को खेल भएका छन् भने महिला तर्फ वडा नम्बर ३ र ६,२ र ७,४ र १ को बिच खेल सम्पन्न भएको छ।
जस अन्तर्गत पुरुष तर्फ वडा नम्बर ६ लाई २–०गोलले हराउँदै वडा नम्बर १ सेमिफाइनलमा प्रवेश गरेको छ भने वडा नम्बर ७ लाई १–० ले हराउँदै वडा नम्बर ३ सेमिफाइनलमा प्रवेश गरेको छ।त्यस्तै वडा नम्बर ८ लाई ३–० गोलले हराउदै वडा नम्बर ४ सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार बिहान ८ बजे देखि पुरुष तर्फ वडा नम्बर ५ र २ खेल हुन भएको छ भने अन्य सेमिफाइनलका खेलहरु पनि सञ्चालन हुने वडा नम्बर २ का वडा अध्यक्ष तथा खेल सञ्चालन समितिका सदस्य पहलवान चौधरीले जानकारी दिए ।
खेलमा विजेता र उपविजेता हुने खेलाडीहरुलाई क्रमश ४० हजार र ३० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
त्यस्तै खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी ,उत्कृष्ट किपर,सबै भन्दा धेरै गोल गर्ने खेलाडीहरू लाई समेत पुरस्कृत तथा सम्मान गरिने शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए।
खेल अवधिभर रेफ्रिको भुमिकामा दाङ जिल्ला फुटबल रेफ्रि संघका अध्यक्ष शिवहरी शर्मा ,देव नारायण दाहाल ,खुम बहादुर ओली,सरद भण्डारी रहने छन् ।

तपाईको प्रतिक्रिया