सिसहनियाँमा जन्ती सवार बस पल्टिदा चालक सहित १० जना घाइते

 

 

देउखुरी । लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ५ सिसहनियाँमा जन्ती सवार बस पल्टिदा चालक सहित १० जना घाइते भएका छन् ।

राप्ती गाउँपालिका ५ सिसहनियाँ स्थित दोलाईखोला पुलको नजिकै शनिवार दिउँसो पौने ५ बजे बस ३० मिटर तल खेतमा खसेको थियो । बस धनगढीबाट जन्ती लिएर स्याङजा जादै गरेको थियो । १७ जना जन्ती सवार रहेको ना ५ ख ९४११ नम्बरको बस पल्टिदा चालक सहित १० जना घाइते भएका इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

घाइतेको सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि धनगढी पठाइएको छ । बस तिव्र गतिमा रहेकोले अनियन्त्रित भएर पल्टिएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया