देउखुरी । प्रगतिशील पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका शाखाको पुर्नगठन गरिएको छ । शनिवार भएको एक भेलाले चौतारीलाई पुर्नगठन गरेको हो ।

प्रेस चौतारी नेपाल राप्ती गाउँपालिका कमिटी अध्यक्ष हुमा सुनारको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य जगत पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेकपा एमालेले संचालन गरेको मिसन ग्रासरुट अभियानले नेकपा एमालेले अगाडि सारेको एजेन्डा जनतामा पुराउन प्रेस चौतारीले भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्यहरु गणेश आचार्य, सन्तोष कुमार गुप्ता, प्रेस चौतारी नेपाल केन्द्रिय प्रशिक्षक सुदर्शन रिजाल, नेकपा एमाले राप्ती गाउँकमिटी अध्यक्ष मदन अधिकारी रहेका थिए ।
उक्त भेलाले हुमा सुनारको अध्यक्षतामा पछि थप्ने गरि एघार सदस्यीय कार्यसमिती गठन गरेको छ । जसको उपाध्यक्षमा माधब खनाल, सचीव हरि भण्डारी, कोषाध्यक्ष शृजना थापा सदस्यहरुमा राजकुमार बिक, वर्षा न्यौपाने, निशा चौधरी, सैना चौधरी , अनुप एम सि, बिकास भट्टराई र चेतना भट्टराई रहेका छन ।
प्रेस चौतारी नेपाल दाङ महिला बिभागकि जिल्ला उपाध्यक्ष लक्ष्मी पोख्रेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रेस चौतारी नेपाल दाङ जिल्ला सदस्य जगत खनालले गरेका थिए ।

तपाईको प्रतिक्रिया