देउखुरी बहुमुखी क्याम्पसमा अखिल ( क्रान्तिकारी) को संगठन बिस्तार

शिव राज खनाल

 

लमही । देउखुरी बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) ले संगठन बिस्तार तथा बिद्यार्थी भेटघाट कार्यक्रम गरेको छ ।

कार्यक्रममा अखिल (क्रान्तिकारी ) ले स्नातक तह प्रथम वर्ष तर्फ वि.वि.एस मा अध्ययनरत संगठनमा आबद्ध हुने विद्यार्थीलाई स्वागत गर्दै बिस्तार गरेको हो। जसअन्तर्गत अस्मिता सुवेदीको नेतृत्वमा ३९ सदस्यीय क्लासकमिटी निर्माण गरिएको हो ।

संगठन बिस्तारको क्रममा २ वटा समुहमा छुट्टाछुट्टै पदाधिकारी समेत चयन गरिएको छ । जस अन्तरगत अध्यक्षमा अस्मिता सुवेदी, उपाध्यक्षमा दिपा पौडेल, उपाध्यक्षमा सन्तोष सुवेदी ,सचिवमा रचित पौडेल ,सह सचीव विमल के सि, सह सचीबमा महेश चौधरी र कोषाध्यक्षमा रिसु चौधरी लाई चयन गरेको हो ।

त्यसैगरी अर्को समुह अन्तर्गत संगम सिह ठकुरी को नेतृत्वमा ५४ सदस्यीय क्लासकमिटी निर्माण गरिएको छ जसको अध्यक्षमासंगम सिह ठकुरी ,उपाध्यक्षमा लक्ष्मी सुवेदी, उपाध्यक्षमा ललित कुमाल, सचीवमा शिखर जि सि ,सह सचिबमा बर्षा अधिकारी , सह सचिबमा समिक्षा बेल्वासे र कोषाध्यक्षेमा सदिना के सि रहेकी छन ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का निवर्तमान दाङ जिल्ला अध्यक्ष कल्याण अधिकारीको प्रमुख आतिथ्य , संगठनका जिल्ला सहसचिव भुवन के सि , जिल्ला सदस्य भरत भुसाल , हरि खनाल लगायत संगठनका देउखुरी बहुमुखी क्याम्पसका बिद्यार्थी नेताहरु प्रदिप खनाल , विनोद शर्मा, बिष्णु कुमाल,सोमेल बुढा लगायतका बिद्यार्थी नेताहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रमको सहजीकरण संगठनका जिल्ला सदस्य भरत भुसालले गरेका थिए ।

तपाईको प्रतिक्रिया