
देउखुरी । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटिको आयोजनामा बैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियमा रहेको महिला भवनमा कार्यक्रम सम्पन्न भएको हो । पार्टीका गाउँपलिका संगठन कमिटी कार्यवाहक अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी लुम्बिनी प्रदेश सरकारका पुर्व मुख्यमन्त्री कुल प्रसाद केसि रहेका थिए ।
पार्टीका अगुवा कार्यकर्ता सहभागी रहेको उक्त कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य निर्मल आचार्य , इन्द्रजित थारु , केन्द्रिय अनुशासन आयोगका सदस्य लुम बहादुर कार्की , प्रदेश कमिटी सचीव कृष्ण अधिकारी लगायतले कार्यकर्तालाई प्रशिक्षण दिएको पार्टी सहसचिव वसन्त नेपालीले जानकारी दिएका छन ।
पार्टी संगठन कमिटी सह सचीव वसन्त नेपालिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन पार्टी सचीव तुला गिरिले गरेका थिए ।

तपाईको प्रतिक्रिया