दशरथ घिमिरे

दाङ–नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई पावर शेरिङ्गको रुपमा लिने बताए । दाङको भालुबाङ्गमा पत्रकारहरु संग छलफल गर्दै उनले राष्ट्रपति बन्न आफुलाई ठोस प्रस्ताव नआएको दावी गरे । तर, उनले आफु के बन्ने भन्ने बारेमा अझै सोचि नसकेको जानकारी दिए ।
पावर शेरिङ्गमा भूमिका नगरेर अरुकैलागि सधैं बलिदान हुने, अरुले फाइदा उठाउने कुरा मान्नय नहुने बताए । राष्ट्रपतिको लागि बृहत छलफलको आवश्यकता रहेको उल्लेख गरे । एमाले अध्यक्ष केपी शर्मा वलिले राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेको समाचारहरु सार्वजनिक भएपछी नेपालले कतिपय कुराहरुलाइ पर्दाभित्रै रहन दिदा उपयुक्त हुने बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले पार्टीको ध्यान देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताए ।
चुनाव अघि झलनाथ खनालको नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत रहेको खुलाए । तर, झलनाथ खनाल निर्वाचनमा पराजय भएपछि राष्ट्रपति को बन्ने भन्ने बिषयमा ठोस निर्णय नभएको दावी गरे ।
भिडियो

तपाईको प्रतिक्रिया