जगत खनाल
देउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा रहेको एक मात्र सामुदायिक क्याम्पस ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा राजनीतिक भागबन्डाको आधारमा संचालक समिती गठन गरिएको छ ।

उक्त क्याम्पसको संचालक समितिको अध्यक्ष राष्ट्रिय जनमोर्चाले पाएको छ । जसको नेतृत्व केशव राज खनालले गरेका छन भने उपाध्यक्ष नेपाली काङ्ग्रेसका बिलोचन चौधरी रहेका छन । यस्तै कोषाध्यक्षमा नेकपा एमालेको तर्फबाट तारा भुसाल चयन भएका छन ।
यस्तै छ जना सदस्यहरुमा राष्ट्रिय जनमोर्चा एक, नेपाली काङ्ग्रेस दुई, माओवादी केन्द्र दुई र राप्रपाले एक जना सदस्य पाएका छन । जसमा कृष्ण सुवेदी, राम प्रसाद चौधरी, अम्बाकुमारी कुमाल, रमेशमान गुरुङ, अनिल पौडेल र जगत बहादुर थापा रहेका छन भने सदस्य सचिबमा क्याम्पस प्रमुख बिष्णु प्रसाद भुसाल रहेका छन ।
आज क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी नयाँ निवार्चित संचालक समितिलाई निर्वाचन समितिका संयोजक देव नारायाण चौधरीले गोपनियता तथा सपथ ग्रहण गराएका छन् । निर्वाचन समिति सदस्यमा महेशचन्द्र रिजाल र ठाकुर प्रसाद आचार्य रहेका थिए ।

समुदाय स्तर बाट संचालित रहेको यस क्याम्पसमा जम्मा २०७ सदस्यीय क्याम्पस सभा सदस्य रहेका छन । २०६५ सालमा स्थापना भएको यस क्याम्पसमा यहिले बि एड , बिबिएस र एम एड सङ्कायमा अध्यापन भइरहेको छ । जम्मा ६८१ जना विद्यार्थी अध्यनरत रहेका छन भने एम एड मा भर्ना भइरहेको क्याम्पस प्रमुख बिष्णु प्रसाद भुसालले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया