ऐरावती आदर्श क्याम्पसको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल निर्वाचित

 

 

देउखुरी । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा रहेको एक मात्र बहुमुखी क्याम्पस ऐरावती आदर्श बहुमुखी क्याम्पसको १४ औं क्याम्पस सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

क्याम्पस संचालक समितिका अध्यक्ष चन्द्र बहादुर जिसिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री इद्रजित थारु रहेका थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री थारूले राष्ट्रिय पुँजीको विकास र सक्षम अर्थतन्त्रको विकास बिना शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताएका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थारूले नीजि क्षेत्रबाट शिक्षा क्षेत्रलाई व्यवस्थित गर्दै नेपालको राष्ट्रिय पुँजी र आत्मनिर्भर अर्थतन्त्र निमार्ण सँगै अन्तराष्ट्रिय मान्यता अनुसार कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टाउनु पर्ने प्रावधान भएपनि त्यो कार्यान्वयन हुन नसकेको बताउँदै मन्त्री थारुले आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता रहेको बताए ।

त्यस्तै पुर्व संविधान सभा सदस्य रेश्मीराज नेपालीले शिक्षालाई राष्ट्रियता सँग जोड्नु पर्ने बताएका छन् । त्यस्तै उनले विद्यालयमा विभिन्न भाषाभाषीको पढाइ नहुने हो भने भाषा नै लोप हुन सक्ने स्थिति सिर्जना हुनसक्ने भएकोले शिक्षा नीति बनाउन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, नेपाली कांग्रेस राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी, भालुवाङ खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरूङ, क्याम्पसका संस्थापक तथा सल्लाहकार दोर्ण भुसाल, कुलपानी सामुदायिक वनका अध्यक्ष नवराज शर्मा, पत्रकार महेश रिजाल, विद्यार्थी धुव्र बेल्वासे लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा खेलकुद प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्नुका साथै क्याम्पसलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगी व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने क्याम्पसका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै विद्यार्थीहरूले विभिन्न साँस्कृतिक प्रस्तुतिहरू समेत राखेका थिए ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष केशवराज खनालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन क्याम्पसका सहायक क्याम्पस प्रमुख विक्रान्त ज्ञवालीले गरेका थिए ।

संचालक समितिको अध्यक्षमा खनाल

उक्त क्याम्पसको तेस्रो अधिवेशनले केशव राज खनालको नेतृत्वमा ९ सदस्यीय नयाँ क्याम्पस संचालन समिति गठन गरेको छ । जसको उपाध्यक्षमा बिलोचन चौधरी , कोषाध्यक्ष तारा भुसाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा कृष्ण सुवेदी , राम प्रसाद चौधरी , अम्बा कुमारी कुमाल , रमेशमान गुरुङ , अनिल पौडेल र जगत बहादुर थापा रहेका छन भने सदस्य सचिवमा क्याम्पस प्रमुख बिष्णु प्रसाद भुसाल रहेका छन ।

तपाईको प्रतिक्रिया