माधवकुमार नेपाल भोली राप्ती गाउँपालिका आउने

देउखुरी । पूर्व प्रधानमन्त्री तथा एकिकृत समाजवादिका अध्यक्ष माधवकुमार नेपाल भोली विहिबार राप्ती गाउँपालिका आउने भएका छन् ।

 

एकिकृत समाजबादी लुम्बिनी प्रदेशको भेलालाई संवोधन गर्न नेपाल राप्ती गाउँपालिका आउने भएका हुन् । नेपालले राप्ती गाउँपालिकाको सभा हलमा हुने भेलालाई भोली ११ बजे सम्वोधन गर्ने लुम्बिनी प्रदेश कमिटी सदस्य अर्जुन अधिकारीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया