देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरे, किसानको बिचल्ली

 

 

देउखुरी । दाङको देउखुरीमा एक किसानले पालेका १७ वटा बाख्रा जंगली चितुवाको आक्रमणका कारण मरेका छन ।

लमही नगरपालिका १ निवासी बसन्तराज अधिकारीले पालन गरेका १९ वटा बाख्रा मध्य १७ वटा चितुवाको आक्रमणबाट मरेका हुन । एकै खोरमा बाधिएका बाख्रा चितुवाको आक्रमणबाट मर्दा किसानलाई ठूलो आर्थिक नोक्सानी ‍भएको छ ।

‘एकै खोरमा बाँधिएका १७ बाख्रा मरे । २ लाख बढी क्षती भयो’ पिडित किसानले भने ‘चितुवाले दुःख दियो । बाख्रा मरेपछि किसान बिक्षीप्त भएका छन ।